Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटाको टिप्पणी - कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र रक्षाको राजनीति गरे

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र आफ्नो रक्षाको राजनीति गरेको टिप्पणी गरेका छन्।

सामाजिक संञ्जाल ट्वीटरमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले समानुपातिकतर्फ उम्मेदवार चयनको क्रममा सभापति शेरबहादुर देउवाविरुद्ध कडा रुपमा उत्रिएपछि महामन्त्री थापाभन्दा नेता गुरुराज घिमिरेले कडा छाप छाडेको बताए।

उनले ट्वीटरमा लेखेका छन्, ‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरुले गर्दै आएको सनातनी कर्म हो तर चुपचाप र शान्त देखिने गुरू घिमिरेले दलीय राजनीतिको वास्तविक मर्म रक्षाको राजनीति गरेको देखियो।’

चुपचाप र शान्त देखिने नेता घिमिरेले दलीय राजनीतिको वास्तविक मर्म रक्षाको राजनीति गरेको बताए । उनले अगाडी लेखेका छन्, ‘गुमाउन त गुरुले नै गुमाउँछन् तर गगनसामु गुरुले स्पष्टरुपमा कडा छाप छोड्ने भए।’

समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा पूर्ण न्यायोचित रुपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूह आन्दोलित छ।​

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077