Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उपत्यकामा एकैदिन ३ हजार बढी सवारी चालकमाथि कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १३८ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३२ जना, लेन अनुशासन पालना नगर्ने ३३ जना, रेड लाइटमा सवारी साधन चलाउने ४० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ जना र नम्वर प्लेट राम्रोसँग नराख्ने ३० जना चालक रहेका छन् ।

यस्तै २ हजार ७६६ जना सवारी चालकलाई अन्य कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077