काठमाडौं । निर्वाचन आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभना निर्वाचनका लागि आयोगले आज मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता–२०७९ लागू गर्ने भएको हो ।
निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने छ ।
राजनीतिक दलदेखि विभिन्न सरकारी तथा गैरसरकारी निकायदेखि मतदातासम्मका लागि आचार संहिता लागु हुने आयोगले जनाएको छ ।
आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र विभिन्न १२ पार्टीका शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो ।
सो अवसरमा आयोगले उनीहरूलाई आफ्नो दल आचारसंहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।
हेर्नुस् राजपत्रमा प्रकाशन भएको निर्वाचन आचारसंहिता :