Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्री खाँण भन्छन् - भयरहित निर्वाचन गराउन सरकार प्रतिबद्ध छ

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको पाँचौँ स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

गृहमन्त्री खाँणले निर्वाचन एकै चरणमा सम्पन्न हुने बताउँदै निर्वाचन सफल बनाउन सबै नेपालीको जिम्मेवारी र दायित्व रहेको स्पष्ट पारे । दुई चरणमा निर्वाचन गर्दा राज्यको धेरै पैसा खर्च हुने भएकाले सरकारले एकै चरणमा निर्वाचन गर्न लागेको उनको भनाई छ ।

सरकारले स्थानीय तह निर्वाचन पनि भयरहित, शान्तिपूर्ण र निष्पक्ष ढङ्गले गराउन सफल भएको स्मरण गर्दै सङ्घीय र प्रदेश निर्वाचन पनि शान्तिपूर्ण हुने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077