Online Nepal
  • सोमबार, २२ पुष २०८१
  • सबै राजीतिक दलहरुले मुलुकलाई समृद्ध बनाउने एजेण्डा तय गरौं : कमल थापा

    सबै राजीतिक दलहरुले मुलुकलाई समृद्ध बनाउने एजेण्डा तय गरौं : कमल थापा

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 822
    SHARES

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन सबै राजनीतिक दलहरुले साझा एजेण्डा तय गर्नुपर्ने बताएका छन् ।

    मकवानपुरगढीमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।



    मुलुक आर्थिक रुपमा समृद्ध हुन नसक्दा पटक–पटक फेरिएको व्यवस्था आम नेपाली जनताका लागि निरर्थक सावित भएको उनले बताए ।



    उनले भने, ‘मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउन सबै राजीतिक दलहरुले एजेण्डा तय गरौं।’ उनले अब सबै दलले आर्थिक समृद्धिको साझा एजेण्डा बनाएर आगामी निर्वाचनमा जानुपर्ने सुझाव दिए ।

    विभिन्न वाद, सिद्धान्त र क्रान्तिको चर्को नाराले मात्रै जनताको जीवनस्तरमा सुधार नआउने भन्दै थापाले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै गम्भीर र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार