काठमाडौं । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन् ।
बाँस्कोटाले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टीभित्र समानुपातिक सूचिलाई लिएर विवाद चलिरहेका बेला यस्तो प्रतिक्रिया दिएका हुन् ।
नेता बास्कोटाले लेखेका छन्, ‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो, यसको मर्म समावेशीता हो । कमवेसी अपवाद, मूल रुपमा यो डाडुपन्यु टीमको इच्छावेशीता हो ।’
उनले समयमै अपारदर्शी प्रणालीको विकल्प खोज्न आग्रह समेत गरेका छन् ।
‘समयमै पार्टीहरुले ३३ प्रतिशत सोझै महिला उम्मेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज । हैन भने भैंसीका अघि वीरही भाकामा वीन नबजाऊ, मित्रजन,’ उनले लेखेका छन् ।
Leave a Reply