Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने

जनकपुरधाम । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मधेश प्रदेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने भएको छ ।

आठवटै जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सुरक्षाका लागि २३ हजार ७७१ जना म्यादी प्रहरी खटाइने मधेश प्रदेशका प्रहरी प्रवक्ता सुमनकुमार तिमलसिनाले जानकारी दिए ।

उनका अनुसार सप्तरीमा ३ हजार २७८, सिरहामा २ हजार ८०९, धनुषामा ३ हजार ४८६, महोत्तरीमा २ हजार ८०१ म्यादी प्रहरी खटाइने छ । यस्तै सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाउने कोटा छुट्याइएको छ ।

गत भदौ ३० गतेसम्म म्यादी प्रहरीको लागि खुलेको भर्नामा मधेश प्रदेशमा ६२ हजार भन्दा बढीले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077