Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसमा व्यापक रुपमा प्रदर्शन चर्किएपछि राष्ट्रपति पुटिन गोप्य दरबारमा

एजेन्सी । रुसमा प्रदर्शन चर्किएपछि राष्ट्रपति भ्लादिमिर पुटिन कृष्ण सागरको तटमा रहेको आलिसान गोप्य महलमा पुगेका छन् ।

उनले युक्रेन युद्धका लागि थप ३ लाख जगेडा सेना भर्ती गर्ने घोषणा गरेपछि विरोध प्रदर्शन सुरू भएको हो । सोही प्रदर्शन अहिले पनि जारी रहेको छ ।

कम्तीमा आगामी बिहीबारसम्म पुटिन त्यस गोप्य दरबारमा बस्न चाहेको बताइएको छ । रुसका ३२ वटा विभिन्न शहरबाट प्रदर्शनमा उत्रेका १ हजार भन्दा बढी मानिसलाई हिरासतमा लिएपछि प्रदर्शन झनै चर्किदै गएको हो ।

रुसले युक्रेनी भू-भागलाई रुसी कानून अनुसार आफ्नो देशमा गाभ्ने प्रयत्न पनि जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077