Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन खर्चको सीमा बढाउँदै आयोग

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २०७४ को निर्वाचनमा भन्दा खर्च सीमा बढाउने तयारी गरेको छ ।

आयोगले वैज्ञानिक पद्धतिमार्फत खर्चको सीमा तोक्दै निर्वाचन क्षेत्रअनुसार प्रतिउम्मेदवार खर्चको सीमा निर्धारण गर्ने तयारी गरेको हो ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन क्षेत्रको कुल क्षेत्रफल, मतदाता संख्या र मतदान केन्द्रको संख्यालाई निश्चित प्रक्रियामार्फत अंक दिएर वैज्ञानिक प्रणालीमार्फत खर्चको सीमा निर्धारण गरिने बताए ।

‘मुख्य तीन विषयलाई आधार बनाएर वैज्ञानिक प्रणालीबाट खर्चको सीमा निर्धारणको काम भइरहेको छ, निर्वाचन क्षेत्रको कुल क्षेत्रफल, मतदाता संख्या र मतदान केन्द्रको संख्यालाई निश्चित प्रक्रियामार्फत अंक दिएर वैज्ञानिक प्रणालीमार्फत खर्चको सीमा निर्धारण हुन्छ,’ आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077