Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवाको निर्देशन - चाडपर्वमा बजार अनुगमनलाई प्रभावकारी बनाउनू

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बढाउन निर्देशन दिएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसहित चार मन्त्री र सचिवहरूसहितको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा अवाञ्छित गतिविधि हुनेतर्फ सचेत रहँदै आ-आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिए ।

उनले मन्त्री तथा सचिवहरूलाई १२ बुँदे निर्देशन दिएका थिए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ मन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव विनोद सिंह र अर्थसचिव कृष्णहरी पुष्कर कर्णको सहभागिता रहेको थियो ।

यस्तै उद्योग सचिव तोया नारायण ज्ञवाली, वाणिज्य तथा आपूर्ति सचिव तोयम राया, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलगायतका उच्च सरकारी अधिकारी पनि बैठकमा सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077