Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

असोज ७ गतेको मन्त्रिपरिषद बैठकले के-के गर्यो निर्णय ?

काठमाडौँ । सरकारले असोज ७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयहरु सार्बजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबार असोज ७ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

सरकारले राष्ट्रियगानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि उनलाई मासिक २५ हजार दिइन्थ्यो । त्यसलाई वृद्धि गरी ५० हजार पुर्‍याइएको हो ।

गएको शुक्रबार बसेको मन्त्रिरिषद्को बैठकले योसहित विभिन्न १३ निर्णय गरेको छ ।

वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकजना नर्स उपलब्ध गराउने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077