Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगलाई शीर्ष दलहरूको आग्रह - प्रचारप्रसारको समय निकै कम भयो, बढाइदिनुस्

काठमाडौं । शीर्ष दलहरूले निर्वाचन आयोगलाई प्रचारप्रसारको समय बढाइदिन आग्रह गरेका छन् ।

निर्वाचन आयोग पुगेका शीर्ष दलहरूका नेताहरूले निर्वाचनका लागि प्रचारप्रसारको समय बढाउन माग गरेका हुन् ।

दलहरूले आयोगको ध्यानाकर्षण गराउँदै चुनावी प्रचारप्रसारको समय निकै कम भएकाले बताए ।

नेताहरुले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रचारप्रसारको समयावधि कम भएको भन्दै ध्यानाकर्षण गराएका थिए।

आयोगका प्रवक्ता शालीग्राम पौडेलले यस विषयमा आयोगले थप निर्णय गर्ने बताए।

तिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्बन्धी आचारसंहितामा प्रतिवद्धता जनाउन प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,

कांग्रेस नेता एवम् गृह मन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल, जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीलगायत निर्वाचन आयोग पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077