काठमाडौं । निर्वाचन आयोगले आचारसंहिताको प्रभावकारी कार्यन्वयन बारे राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्ने भएको छ ।
संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको हो ।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गरिने आयोगले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ । आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।