Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लोसपाका सचेतक अरगरिया एमाले प्रवेश

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सचेतक उमाशंकर अरगरियाले नेकपा एमालेमा प्रवेश गरेका छन् ।

अरगरिया शनिवार धनुषामा आयोजित एक कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

धनुषाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ओलीले अरगरियालाई पार्टीमा स्वागत गरे । उनी पछिल्लो समय पार्टी नेतृत्वपंक्तिप्रति असन्तुष्ट रहँदै आएका थिए ।

अरगरिया धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077