Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • टेलिकमको दशैं अफर सार्वजनिक, २९४ रुपैयाँमा २० जीबी डाटा !

    टेलिकमको दशैं अफर सार्वजनिक, २९४ रुपैयाँमा २० जीबी डाटा !

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 765
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले चाडपर्वको अवसरमा आइतवारदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दशैं अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरू दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् ।

    अफरअन्तर्गत डाटा प्याकमा रु २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरू जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ ।



    यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । रु २०० देखि ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।



    यसैगरी पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क भ्वाइ ओभर एलटीई सेवा पनि उपलब्ध गराइएको छ । उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नु पर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार