Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक, तानाशाही, स्वेच्छाचारी र भ्रष्टाचारी : ओली

    देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक, तानाशाही, स्वेच्छाचारी र भ्रष्टाचारी : ओली

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 834
    SHARES

    जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिल्यैबाट निर्वाचनमा धाँधली गर्न सरकार उद्दत भएर लागि परेको आरोप लगाएका छन् ।

    मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारीकै लागि सरकारले प्रहरी र कर्मचारी धमाधम सरुवा गरिरहेको उनको दावी थियो ।



    धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरिएको आरोप लगाए ।



    उनले भने–‘सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको छ । कोही प्रहरी अहिलेको गठबन्धनतिर लाग्दैन भन्ने उसलाई लाग्यो भने त्यो प्रहरी सरुवा गर्छ । यही ठाउँबाट पनि प्रहरी सरुवा गरेको छ । कर्मचारी सरुवा गरेको छ । गठबन्धनको चाकडी गर्दैन भन्ने लाग्यो भने कानुन बमोजिम चल्छ भन्ने लाग्यो भने सरुवा गरेको छ । यो सरकार अलोकतान्त्रिक, तानाशाही, स्वेच्छाचारी र भ्रष्टाचारी सरकार ।’

    सरकारले देशलाई हिंसा, अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितिर लैजान खोजेको भन्दै ओलीले देशमा एमाले पनि छ भन्ने हेक्का राख्न चेतावनी दिए ।

    ओली पूर्व मन्त्री तथा लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराउन जनकपुरधाम पुगेका हुन् ।

    शनिबार आयोजित कार्यक्रममा निवर्तमान सांसद उमाशंकर अरगरिया, अमृता अग्रहरिलगायतका नेताहरु एमाले प्रवेश गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार