Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगले भन्यो - 'लौरो' चिह्नलाई स्वतन्त्रको भनेर प्रचार नगर्नू

काठमाडौं । निर्वाचन आयोगले लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको नरहेको भन्दै यसबारे भ्रम नछर्न आग्रह गरेको छ।

आयोगले दललाई प्रदान गरिएको चुनाव चिह्न स्वतन्त्र उम्मेदवारको चुनाव चिह्नको समूहमा नरहने र उम्मेदवारहरुलाई प्रदान गर्न नसकिने पनि स्पष्ट पारेको छ।

आयोगमा अनन्तराज घिमिरेको नेतृत्वमा दर्ता रहेको ‘हाम्रो नेपाली पार्टी’ले स्वतन्त्र उम्मेदवारहरुलाई लौरो चिह्न बाँड्दै हिँडेको पाइएपछि आयोगले चुनाव चिह्नबारे स्पष्ट पार्दै घिमिरेलाई तीन दिने स्पष्टीकरण सोधेको छ।

दललाई प्रदान गरिएको निर्वाचन चिह्न स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्नको समूहमा नरहने र उम्मेदवारहरुलाई प्रदान गर्न नसकिने हुँदा दलको नामबाट लौरो चिह्न प्रयोग नगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गरेको कार्य निर्वाचनको स्वच्छ प्रतिष्पर्धाको सिद्धान्त विपरीत देखिएको आयोगको ठहर छ।

यसले आम जनमानसमा भ्रम तथा अन्यौल सिर्जना गर्ने भएकाले त्यस्ता भ्रामक कुराहरु प्रचार प्रसार नगर्न नगराउन र विभिन्न सामाजिक सञ्जालमा लौरो चिह्न भनी राखिएका सामग्रीसमेत तुरुन्त हटाउन आयोगले घिमिरेलाई निर्देशनसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077