Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापाद्वारा काठमाडौं-४ मा निःशुल्क डेंगु परीक्षण तथा परामर्श शिविर सञ्चालन

काठमाडौं । काठमाडौँ क्षेत्र नं.४ का बासिन्दाले निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा पाउने भएका छन् ।

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार एक घोषणा गर्दै काठमाडौँ क्षेत्र नं.४ का बासिन्दाले निःशुल्क डेंगी परीक्षण तथा परामर्श शिविर सञ्चालन गरेका हुन् ।

प्रतिनिधिसभाका निवर्तमान सांसद थापाको अगुवाइमा महानगरपालिका वडा नं ३० मा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा डेंगुको परीक्षण गर्न आउनेलाई निःशुल्क सेवा दिँदै आइरहेको छ ।

यो सेवालाई बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडामा पनि विस्तार गर्ने क्रममा निःशुल्क परीक्षण शिविर नै राख्ने तयारी भएको थापाले बताए । नेता थापाले शुक्रवार साँझ एक भिडियो सार्वजनिक गर्दै टोलटोलमा निःशुल्क सेवा पुर्‍याउने साथै डेंगु भएर बसेकालाई निःशुल्क परामर्श दिने बताए ।

टोलटोलमा निःशुल्क डेंगु परीक्षणको सुरुवात चाबहिलबाट गरिने थापाको भनाइ छ । शनिवार चाबहिल गणेशस्थानमा बिहान ९ बजेबाट परीक्षण सुरु हुनेछ ।

'डेंगीको विरामी भइ घरमै बस्नु भएकाहरुका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ। तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना,सम्पर्क नं. एसएमएस गर्नुहुन अनुरोध छ,' थापाले फेसबुकमा लेखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077