Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पौडी खेल्ने क्रममा मृत्यु भएका तीनै जनाको सनाखत

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ न्यूरेनीस्थित नागदहमा शुक्रबार साँझ साढे ५ बजे पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा हेटौंडा-१५ का १७ वर्षीय साहिल लामा, १२ वर्षीय कार्शाङ जिम्बा र १३ वर्षीय सन्जीव मोक्तानको रहेका छन् ।

शुक्रबार साँझ साढे ५ बजेदेखि बेपत्ता भएका उनीहरूको खोजीको क्रममा साँझ ७ बजे मात्रै कर्रा खोलाको नागदह नजिकै शव फेला परेको हो ।

पौडी खेल्न गएका चार जनामध्ये हेटौंडा-८ का १२ वर्षीय रियान्स माझी भने पौडी खेलेरै बाहिर उत्रिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बालकहरू बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गर्ने क्रममा उनीहरूको शव भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077