Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावी तालमेलबारे छलफल गर्न लोसपाद्धारा ६ सदस्यीय कार्यदल गठन, संयोजकमा राजेन्द्र महतो

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले  एमालेसहितका अन्य पार्टीहरूसँग चुनावी तालमेलबारे छलफल गर्न कार्यदल गठन गरेको छ ।

लोसपाले चुनावी तालमेलबारे छलफल गर्न वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो ।

समितिमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल छन् ।

कार्यदल गठन गर्दै अध्यक्ष महन्थ ठाकुरले एमालेसहित अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्ने वातावरणका लागि छलफल गर्ने जिम्मेवारी दिएका छन् ।

यो समितिले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमाले लगायतका विचार मिल्ने दलहरुसँग सहकार्य गर्न वार्ता गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077