Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्र सचिव पौड्याल र विभिन्न देशका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका परराष्ट्र सचिव भरत राज पौड्याल र विभिन्न देशका विदेशमन्त्री बीच भेटवार्ता भएको छ ।

परराष्ट्र सचिव पौड्यालले बिहीबार माल्दिभ्सका विदेशमन्त्री एचई अब्दुल्ला साहिद र निकारागुआका विदेशमन्त्री डेनिस मोन्काडा कोलिन्द्रेससँग द्विपक्षीय भेटवार्ता गरेको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।

भेटमा दुई पक्षबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा पारस्परिक हित र सहयोगका विविध विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077