Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँ पुग्यो, चाँदी पनि तोलाको १२ सय

काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ भएको छ।

बिहीबार ५ सय बढ्दा प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय रुपैयाँ भएको छ।

बिहीबार १५ रुपैयाँ बढ्दा प्रतितोला ११ सय ८५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077