Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उपत्यकामा २८ सय ४० जना सवारी चालकमाथि कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ८४० जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई बिहीबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ८६ जना, रेड लाइटमा सवारी साधन चलाउने ६६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७५ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३६ जना सवारी चालक रहेका छन् ।

यस्तै २ हजार ३३५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077