Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगले सरकारलाई भन्यो - कुनै पनि कर्मचारीको सरुवा नगर्नू

काठमाडौं । निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएकाको हकमा तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ । बिहीबार साँझ एक विज्ञप्तिमार्फत आयोगले आज (बिहीबार) देखि नै लागु हुनेगरी आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न/नगराउन सरकारलाई निर्देशन दिएको हो ।

आयोगले अस्थायी मतदाता नामावलीमा कर्मचारीहरूको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ गरिसकेकाले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने देखिएको बताएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'यसले समग्र निर्वाचन व्यवस्थापनमा समेत प्रतिकूल प्रभाव पार्ने हुँदा निर्वाचन सम्बन्धी कानूनी व्यवस्था बमोजिम निर्वाचन सम्पन्न नभएसम्मका लागि मिति २०७९।०६।०६ देखि निर्वाचन आयोगको अनुमति नलिई कुनै पनि कर्मचारीको सरुवा नगर्न नगराउन र मिति २०७९-०६-०५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना दिई मिति २०७९-०६-०९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर भईसक्ने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरू लगायत सबै सार्वजनिक निकायहरूलाई आयोगले निर्देशन दिएको छ ।'

यस्तै बुधबारसम्म सरुवा भै सकेको अवस्था भए तत्काल रमाना दिई ९ गतेभित्र सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि निर्देशन दिइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077