Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत, कहाँ को ? [सूचीसहित]

काठमाडौं । निर्वाचन आयोगले आगामी संघ र प्रदेश निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले यही असोज ११ गतेदेखि लागु हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको आज जारी गरेको सूचनामा उल्लेख छ ।

७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले जानकारी दिए ।

यस्तै न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त्त गरिएको उनले बताए ।

आयोगले प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० क्षेत्रका लागि निर्वाचन अधिकृत तोकेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई यही असोज १२ र १३ गते निर्वाचनसम्बन्धी अभिमुखीकरणसमेत गरिने छ ।

हेर्नुस् कहाँ को खटिए ?

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077