Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खाने तेलको मूल्य थप १० रुपैयाँले घट्यो

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटाएको छ ।

सुपथ मूल्य पसलमा बजारको भाउ भन्दा महँगो भएको भन्दै गुनासो आएपछि कम्पनीले लिटरमा थप १० रुपैयाँले घटाएको हो।

घटेको मूल्य मंगलबारदेखि नै लागू भएको कम्पनीले जनाएको छ । घटेको मूल्य अनुसार अब सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५ रुपैयाँ, तोरीको तेल २ सय ७५ रुपैयाँ र भटमासको तेल २ सय ४० रुपैयाँमा पाइनेछ।

बजारमा अहिले सनफ्लावर तेल प्रतिलिटर २ सय ९० रुपियाँ पर्छ। पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077