Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बन्दसूचीको रुजु र दर्तामै बित्यो रात

काठमाडौं । समय छँदा अलमल गर्ने र अन्तिम समयमा तातिने राजनीतिक दलको चाला समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने क्रममा पनि देखियो ।

राजनीतिक दलहरूले समानुपातिक निर्वाचनका लागि उम्मेदवारको बन्दसूची अन्तिम समयमा बुझाउँदा सोमबार रातभरि निर्वाचन आयोगलाई कामको निकै चाप पर्‍यो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको निर्वाचनको लागि उम्मेदवारको बन्दसूची बुझाउन असोज २ र ३ गते तोकिएको थियो । तैपनि अन्तिम दिन त्यसमाथि कार्यालय समय सकिने बेलामा मात्र दलहरू उम्मेदवारको बन्दसूची बुझाउन गएकाले त्यसको रुजु दर्ता प्रक्रिया मिलाउन रातभर समय लागेको थियो ।

आयोगमा रहेको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार उम्मेदवार बन्दसूची बुझाउने काम मंगलबार बिहान पाँच बजे सकिएको थियो । पहिलो दिन भने दुई दलले मात्र उम्मेदवारको बन्दसूची बुझाएका थिए । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077