काठमाडौं । अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच प्रधानमन्त्री कार्यालयमा वार्ता जारी छ ।
चिकित्सा सुधारको माग राख्दै अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल हुँदा पनि सहमति जुट्न सकेको छैन ।
दुवै वार्ता टोलीका अनुसार डा. केसीले उठाएका मागमा बुँदाबुँदामा छलफल भइरहेको छ ।
वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरे र डा. केसीको तर्फबाट डा. जीवन क्षेत्री नेतृत्वको टोलीले सहमतिको प्रयास गरिरहेका छन् ।
२०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने; गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग छ ।
उनले सरकारसँग स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्डविपरीतका नियुक्ति खारेजी; मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्नेलगायत ७ बुँदे माग राखेका छन् ।
डा. केसी भदौ २७ बाट धनगढीमा अनसनरत छन्। यो उनको २० औँ अनसन हो। आज अनशन बसेको ९ दिन पुगेको छ । ।