वीरगञ्ज । चट्याङ लागेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
ईश्वरपुर नगरपालिकामा १२ घारिवथानस्थित गुईडुङमा सोमबार चट्याङ खस्दा एक जनाको मृत्यु भएको हो ।
चट्याङले लागेर गुईडुङका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शव पोष्ट मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ ।
चट्याङले लागेर घलानकी श्रीमती २६ वर्षीया साइली भनिने नन्दीमाया घलान, २७ वर्षीय वुद्धबहादुर पाख्रिन, ३ वर्षीया प्रतिमा पाख्रिन र २७ वर्षीय रुद्रबहादुर स्याङतान घाइते भएका छन् । उनीहरुको जनसेवा अस्पताल बर्दिवासमा उपचार भईरहेको छ ।
Leave a Reply