काठमाडौं । मंसिर ३ गते १८ वर्ष उमेर पुगेकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट हाल्न पाउने भएका छन् ।
मतदाता परिचयपत्रमा नाम लेखाएकामध्ये १८ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
जसअनुसार कुल मतदाता संख्या १ करोड ७९ लाख ८ हजार ५७० जना कायम भएको आयोगले जनाएको छ।
आयोगका अनुसार कुल मतदातामध्ये महिलाको संख्या ८ लाख ४७ हजार ५७९ जना र पुरुषको संख्या ९१ लाख ४० हजार ८०६ जना रहेको जनाएको छ ।
यस्तै देशभर १० हजार ८९१ मतदान स्थल र २२ हजार २२६ जना मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।