Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनशनरत डा.केसीका प्रतिनिधि र सरकारबीच वार्ता सुरु

काठमाडाैं । अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि, एनएमए र सरकारी प्रतिनिधिबीच वार्ता सुरू भएको हो।

आइबार प्रारम्भिक छलफलपछि सोमबार बैठक बसेको हो।

डा. केसीले उठाएका मागका सवालमा सुरु भएको छलफलमा सरकारका तर्फआट प्रधानमन्त्री कार्यालयका सचिव डा राम प्रसाद घिमिरे, स्वास्थ्य सचिव डाक्टर रोशन पोखरेल र शिक्षा सचिव रामकृष्ण सुवेदी छन्।

त्यसैगरी नेपाल चिकित्सक संघकातर्फबाट उपाध्यक्ष डा. अनिलविक्रम कार्की र डाक्टर केसीका तर्फबाट डा.जीवन क्षेत्री, डा. लिजन महर्जन, प्रितम सुवेदी, ओमप्रकाश अर्याल र डा. विष्णु पोखरेल छन्।

यसअघि आइतबार भएको पहिलो वार्तामा विषयवस्तुमा मात्र प्रवेश भएकाले आजको बैठकमा मुद्दाबारे छलफल हुनेछ।

२०८० सालसम्म सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना हुनुपर्ने; गेटा मेडिकल कलेज तत्काल सञ्चालन गरिनुपर्ने उनको माग छ ।

उनले सरकारसँग स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन, विश्वविद्यालय प्रतिष्ठानमा मापदण्डविपरीतका नियुक्ति खारेजी; मापदण्डविपरीत नर्सिङ कलेजमा लिन लागिएको भर्ना रोक्नुपर्नेलगायत ७ बुँदे माग राखेका छन् ।

डा. केसी भदौ २७ बाट धनगढीमा अनसनरत छन्। यो उनको २० औँ अनसन हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077