Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगमा ११ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि  ११ दलले समानुपातिकतर्फको बन्द सूची बुझाएका छन् ।

समानुपातिकको बन्दसूची बुझाउन आयोगले तोकेको दोस्रो दिन प्रतिनिधिसभा निर्वाचनका लागि दलहरू बन्दसूची लिएर निर्वाचन आयोग पुगेका हुन्।

१ बजेसम्म नेपाली कांग्रेस (बीपी), जनता प्रगतिशील पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत शक्ति नेपाल लगायतले बन्द सूची बुझाएका छन् ।  नेकपा माओवादी पुष्पलाल लगायतका दल पनि बन्द सूची लिएर आयोग पुगेका छन् ।

एउटै चुनाव चिह्नबाट चुनाव लड्ने घोषणा गरेका नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रूपमा बन्दसूची बुझाउँदैछन् ।

प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि ८७ दलले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077