Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • दुई प्रदेशमा भारी वर्षाको सम्भावना, मौसम सुधार हुन अझै केही दिन लाग्ने

    दुई प्रदेशमा भारी वर्षाको सम्भावना, मौसम सुधार हुन अझै केही दिन लाग्ने

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 825
    SHARES

    काठमाडौँ । मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मनसुन न्यूनचापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भूभागमा रहेकाले केही दिन वर्षा हुने महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए ।



    उनका अनुसार आज प्रदेश १ र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।



    राजधानी काठमाडौं उपत्यकामा आज बिहानैदेखि घाम लागे पनि अपराह्नबाट हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख गरेको छ ।

    उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    दिउँसो देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार