Online Nepal
  • शनिबार, ६ पुष २०८१
  • चोलेन्द्र प्रकरणमा गगन, विश्वप्रकाश र मिनेन्द्रको भाका मिलेको गोकुल बाँस्कोटाको दाबी

    चोलेन्द्र प्रकरणमा गगन, विश्वप्रकाश र मिनेन्द्रको भाका मिलेको गोकुल बाँस्कोटाको दाबी

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 945
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रकरणमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र मिनेन्द्र रिजालको को भाका मिलेको दाबी गरेका छन् ।

    सोमबार सामाजिक सञ्जालमा लेख्दै नेता बाँस्कोटाले निलम्बित प्रधानन्यायाधीश जबरा प्रकरण तीन जना नेतहरुको भाका मिलेको बताएका हुन् ।



    उनले गगन, विश्वप्रकाश र मिनेन्द्रप्रसादको भाका मिलेको र जवाफ पर्खिएर बसेको बताए । उनले लेखेका छन्, ‘शाही लोकतन्त्र र सामाजिक फासीवादी लोकतन्त्रबाट दीक्षित देउवा प्रचण्ड राजको लोकतान्त्रिक शासनको भव्य अभ्यास हो न्यायालय प्रकरण ।



    सत्ता कसरी चलाइन्छ ? चुनाव केन्द्रित र सत्ता संरक्षित ताण्डवपछि अझै प्रकट हुनै बॅाकी छन् । गगन, विश्वप्रकाश र मिनेन्द्रको भाका मिलेको जवाफ पर्खि बसेको छु ।’

    न्यायालयमा देखिएको समस्या प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लोकतान्त्रिक शासनको भव्य अभ्यास भएको उनले आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार