Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

समानुपातिक सूची टुंग्याउन कांग्रेस संसदीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ।
समानुपातिक उमेदवारको सूचीलाई अन्तिम रूप दिन बैठक बस्न लागेको हो।

आज बिहान साढे ८ बजे बस्ने बैठकले समानुपातिक उमेदवारको सूची टुंगो लगाउने छ । सूची टुंग्याउनकै लागि हिजो बसेको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बस्न लागेको हो ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आइतबारको बैठकले सिलिङको काम गरेको छ ।

अन्तिम सूचीलाई आजै कार्यसम्पादन समितिको बैठकबाट पारित गरेर निर्वाचन आयोगमा बुझाउने तयारी रहेको छ । समानुपातिकको बन्दसूची पेश गर्ने आज अन्तिम दिन हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077