काठमाडौं । विभिन्न माग राखी सुदूरपश्चिम पुगेर अनशनमा बसिरहेका अभियन्ता प्रा.डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता भइरहेको छ ।
डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा वार्ता टोली बनेको छ भने सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।
कैलालीमा अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था खराब हुँदै गएको छ ।