Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यस्तो देखियो काठमाडौंमा एमालेको वाकथन [फोटोफिचर]

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ ।

संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो । वाकथनको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गरेका छन् । विभिन्न पाँचवटा मुख्य चोकबाट वसन्तपुरसम्म भएको वाकाथन एमाले अध्यक्ष ओलीसहित, पत्नि राधिका शाक्य लगायतका नेताहरु उपस्थित छन् ।

उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट बिहान ७ बजे पदयात्रा सुरू भएको पदयात्रा बसन्तपुर पुगेर समापन भएको हो।

‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’नाराका साथ फरक शैलीमा ‘वाकथन’कार्यक्रम गरेको हो ।

संविधान दिवस साझा राष्ट्रिय दिवस भएको भन्दै कार्यक्रममा सहभागीले पार्टीको झण्डा, ब्यानर नबोकी नेपालको राष्ट्रिय झण्डा र नक्सा बोकेका थिए।

तस्बिरहरु :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077