Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा (एस) सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गा विक माओवादी प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमकी नेतृ तथा प्रमुख सचेतक दुर्गा बिक नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।

उनीसहितको टोलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीमा प्रवेश गराएका हुन् ।

यस्तै उनीसहित थारू कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायतले पनि माओवादीमा प्रवेश गरेका छन्।

बिक एमाले विभाजनपछि समाजवादीमा लागेकी थिइन्। तर, उनी समाजवादी पनि छाडेर माओवादीमा लागेकी हुन्। उनीहरूलाई अध्यक्ष प्रचण्डले टीका खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077