Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोटेश्वर प्रहरी चौकीमा छापा, एक जनालाई गैरकानूनी थुनामा राखेको आशंका

काठमाडौं । कोटेश्वर प्रहरी चौकीमा एक व्यक्तिलाई गैर कानूनी थुनामा राखेको आंशकामा छापा मारिएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले कोटेश्वर प्रहरी चौकीमा शुक्रवार साँझ छापा मारेको हो ।

एक ब्यक्तिलाई गैरकानूनी थुनामा राखेको गुनासो गरेपछि प्रहरी प्रमुख आईजीपी धीरज प्रताप सिंहको ठाडो आदेशमा छापा मारिएको स्रोतले जनाएको छ ।

कोटेश्वर प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरुले एक व्यक्तिलाई गैरकानूनी थुनामा राखेको आंशकामा छापा मारिएको बताइएको छ । यद्यपी घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077