Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पुरानो बन्दसूचीका उम्मेदवार स्वतः खारेज हुने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेस गरेका उम्मेदवारको बन्दसूची हटाउने निर्णय गरेको छ ।

गत बुधबार दल र आयोगबीच भएको बैठकले साविकको बन्दसूची आयोगले स्वतः खारेज गर्ने निर्णय गरेको थियो ।

सोही सहमतिका आधारमा भोलि १ असोज राति १२ बजेदेखि स्वतः कायम नरहने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

पुरानो बन्दसूची खारेज भएसँगै गत चुनावको बन्दसूचीमा रहेका करिब १८ हजार उम्मेदवार फेरि उम्मेदवार बन्ने बाटो खुलेको छ ।

आयोगले उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, संघीय संसद राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरूलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077