Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कृषि विकास बैंक घोटाला प्रकरणमा पूर्वसहायक रथीलाई चार वर्ष कैद, ३१ लाखबढी जरिवाना

काठमाडौं । विशेष अदालतले कृषि विकास बैंकको ४ करोड रुपैयाँभन्दा बढी रकम घोटालामा दोषी देखिएका नेपाली सेनाका पूर्वसहायक रथी रमेशराज विष्ट र बैंककी कर्मचारी दीपिका रेग्मीलाई सजाय निर्धारण गरेको छ ।

विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले गत ७ भदौमा दोषी ठहर गरे पनि सजाय भने सोमबार निर्धारण गरेको हो ।

पूर्वसहायक रथी विष्टलाई विशेष अदालतले चार वर्ष कैद सजाय सुनाउनुका साथै ३१ लाख ३८ हजार ६ सय ४४ रुपैयाँ जरिमाना सुनाएको छ । त्यस्तै, अदालतले बैंकको ‘टेलर सहायक’ दीपिका रेग्मीलाई भने आठ वर्ष कैद सजाय सुनाउँदै ३ करोड ९२ लाख ४४ हजार जरिमाना भराउन भनेको छ ।

अख्तियारको अनुसन्धानमा टेलर सहायक रेग्मीले पूर्वजर्नेल विष्टको खातामा हिनामिना गरेकामध्ये ३३ लाख जम्मा गरेको भेटिएको थियो । विष्टलाई अदालतले जरिमाना सजाय निर्धारण गर्दा खातामा हालेको रकम आधार बनाइएको छ ।

बाँकी रकम बैंककी टेलर सहायक दीपिका रेग्मीले हिनामिना गरको देखिएपछि सोहीबमोजिम अदालतले सजाय निर्धारण गरेको हो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077