Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसका आठ सहमहामन्त्रीलाई समानुपातिकमा सिफारिस नाम सूचीकृत गर्ने जिम्मा

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उमेदवारका आएका नामहरूलाई सूचीकृत गर्ने जिम्मेवारी ८ जना सहमहामन्त्रीलाई दिएको छ ।

बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा सहमहामन्त्रीहरूलाई दिएको हो ।

सहमहामन्त्री किशोरसिंह राठोरकाअनुसार उनीहरूलाई शुक्रबारको बैठकमा प्रतिवेदन पेस गर्न भनिएको छ ।

राठोरका अनुसार देशभरबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५ हजार बढीको नाम आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077