काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्य यमबहादुर परियार इन्द्रजीत नेकपा एमाले प्रवेश गरेका छन् ।
माओवादी केन्द्र, चितवन जिल्ला सहइञ्चार्ज समेत रहेका परियार एमाले केन्द्रीय पार्टी कार्यालय ललितपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारकाे एमाले प्रवेशलाई चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको रूपमा हेरिएको छ ।
परियार माओवादी केन्द्र चितवनको जिल्ला सह–इन्चार्जसमेत हुन् । जिल्ला अध्यक्ष भइसकेका परियारलाई माओवादी केन्द्रले बेवास्ता गर्दै आएको थियो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत परियारलाई राम्रो जिम्मेवारी नदिएपछि परियार समूह असन्तुष्ट थियो ।
परियारसहित अन्य नेताहरू पनि एमालेमा प्रवेश गरेका छन् ।