Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभा बैठकको समय सारियो, दिउँसो १ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकको समय परिवर्तन गरिएको छ ।

बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको बैठकको समय सारिएको हो ।

बैठक आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

“मिति २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक आजै दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” योगीले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077