Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रचण्ड भन्छन् - लाखौँको भीडमा पनि एक्लो महसुस हुँदैछ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौं करोडौं मानिसका बीचमा रहेपनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन् ।

माओवादी केन्द्रका सांसद सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक 'पल पलको मृत्यु'को बुधबार लोकार्पण गर्दै उनले यस्तो भनेका हुन्।

प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिका लागि काम गरेको अनुभूति भएको स्मरण पनि सुनाए। तर जनयुद्ध छाडेर यो अवस्थासम्म आइपुग्दा एक्लो महसुस भइरहेको उनले बताए।

प्रचण्डले जीवनको बोध हुन छाडेको बताउँदै आफूहरुले स्वार्थका लागि काम गरिरहेको जस्तो लागिरहेको पनि बताए। अहिलेको अवस्था जे-जस्तो भएपनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077