Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्राफिक नियम उल्ल‌घन गर्ने १८२ चालक कारबाहीमा

काठमाडौं । स्कुल कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत मंगलबार १८ जना विद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मंगलबार बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १८ जना विद्यार्थी चालकहरु कारबाहीमा परेका हुन् ।

त्यस्तै, चेकिङको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८२ सवारीसाधनका चालक पनि कारबाहीमा परेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जसअन्तर्गत बिहानै मापसे गरी मोटरसाइकल चलाउने तीनजना पनि कारबाहीमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077