Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता रामचन्द्र पौडेलले मागे दमौलीबासीसँग माफी

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दमौलीबासीसँग माफी मागेका छन् ।

गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपुर्ण हुन नसक्ने भन्दै उनले माफी मागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत माफी माग्दै पौडेलले लेखेका छन्, ‘गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपुरक हुन् र एक अर्काले धेरै पहिलेदेखि सहयोग आदानप्रदान गर्दै आएका छन् ।

मेरो अभिव्यक्तिलाई नै लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रहसमेत गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077