Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसले कब्जा गरेका २० बस्ती युक्रेनले फिर्ता गरेको दाबी

एजेन्सी । रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दाबी गरेको छ।

रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन्।

पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा शत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्ु, युक्रेनी सेनाका एक अधिकारीले भने।

युक्रेनका सेनाले ती बस्तीहरू फिर्ता गराएपछि त्यहाँ रहेका रुसी सुरक्षाकर्मीहरू विस्थापित भएका छन्। देशको दक्षिणी र पूर्वी क्षेत्रमा पछिल्लो हप्ता युक्रेनले रुसी सुरक्षाकर्मी विरुद्ध सफलता हासिल गरिरहेको युक्रेनी सेनाको दावी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077