काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ।
आम निर्वाचनको आचारसंहीता लागू गर्ने लगायतका समसामयिक विषमा छलफल गर्न आयोगले बुधबार मध्याह्न १२ बजे १२ दलका प्रतिनिधिलाई बोलाएको हो ।
निर्वाचन आयोगले असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। त्यसका लागि दलहरुको प्रतिवद्धताका लागि निर्वाचन आयोगले बोलाएको हो।
आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो। मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ।