Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दुई करोड २४ लाख मतपत्र छापिँदै

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाइ थालेको छ । आयोगले आइतबारबाट प्रदेशसभाअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशसभा समानुपातिक निर्वाचन कार्यक्रमतर्फको मतपत्र छपाइ आइतबारबाटै सुरु गरिएको जानकारी दिए ।

‘प्रदेश सभातर्फको समानुपातिक निर्वाचन कार्यक्रमका लागि मतपत्र छपाइ सुरु भएको छ,’ उनले भने, ‘जनक शिक्षा सामग्री केन्द्रमार्फत मतपत्र छपाइ सुरु गरिएको हो ।’ राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बैठकमा समेत थपलियाले ‘प्रदेशसभा समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सुरु भइसकेको’ जानकारी दिएका थिए ।

प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन कार्यक्रमअन्तर्गत दर्ता गराएका दलको मात्रै चिह्न राखेर मतपत्र छपाइ सुरु गरिएको हो । बन्दसूची बुझाउँदा मतपत्र छाप्न समय अभाव हुने भएपछि आयोगले दलको दर्ताकै आधारमा मतपत्र छपाइ सुरु गरेको आयोग सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077